परमेश्वरको वचन पढ्ने

“तिनी आफ्नो राज्यको सिंहासनमा बस्दा तिनले पुजारीहरू अर्थात् लेवीहरूको सामु राखिएको व्यवस्थाको प्रतिबाट आफ्नो लागि एक प्रति मुट्ठामा उतारून् ।
त्यो मुट्ठा तिनीसितै हुनुपर्छ, र तिनले आफ्नो जीवनभरि यसलाई पढ्नुपर्छ । यसरी तिनले परमप्रभु आफ्ना परमेश्‍वरको आदर गर्न सकून् अनि यस व्यवस्थाको सबै वचन र विधिविधान पालन गर्न सकून् ।”
व्यवस्था १७:१८-१९

परमेश्वरले आफ्ना मानिसहरूलाई राजाको विषयमा निर्देशन दिनुहुँदा, राजा सिंहासनमा बस्नेबित्तिकै उनले परमेश्वरको वचनको आफ्नै व्यक्तिगत प्रति तयार पार्नुपर्छ, त्यसलाई आफूसँगै राख्नुपर्छ र जीवनभरि त्यसलाई पढ्ने बानी बसाल्नुपर्छ भनी स्पष्ट पार्नुभयो। यसो गरेर राजाले परमप्रभु आफ्ना परमेश्वरको आदर गर्न सिक्ने थिए। त्यसैले, आज हामी पनि परमेश्वरको आदर र भय मान्न सिक्न चाहन्छौँ भने, हामीले हरेक दिन परमेश्वरको वचन पढ्ने बानी बसाल्नुपर्छ!

हरेक दिन परमेश्वरको वचन पढ्नुहोस्!


व्यवस्था ८:३ मा परमेश्वरले भन्नुभयो:

“…मानिस रोटीले मात्र नभई परमप्रभुको मुखबाट निस्केको हरेक कुराले बाँच्दछ…”
व्यवस्था ८:३

के परमेश्वरको मुखबाट निस्केका कुनै वचन हाम्रो आत्माको लागि कुनै मूल्यका छैनन्? यस पदमा परमेश्वर भन्नुहुन्छ, मानिस उहाँको मुखबाट निस्केको हरेक कुराले बाँच्दछ।

हरेक वचन पढ्नुहोस्!


“परमेश्‍वरको हरेक वचन जाँचिएको छ ।…”
हितोपदेश ३०:५ (पहिलो भाग)
“सम्‍पूर्ण पवित्र-शास्‍त्र परमेश्‍वरबाट भएको हो र यो सिद्धान्तको लागि, दोष देखाउनको लागि, सच्‍याउनको लागि, धार्मिकतामा तालिम दिनको लागि लाभदायक छ,
ताकि परमेश्‍वरका मानिस सक्षम भएर हरेक असल काममा सुसज्जित हुन सकून् ।”
२ तिमोथी ३:१६-१७

यस पदमा परमेश्वर भन्नुहुन्छ, सम्पूर्ण धर्मशास्त्र एकै साथ: नं. १ परमेश्वरबाट भएको हो र नं. २ लाभदायक छ। पवित्र धर्मशास्त्रको कति भाग परमेश्वरबाट भएको हो? सबै! पवित्र धर्मशास्त्रको कति भाग हाम्रो लागि लाभदायक छ? सबै! त्यसो भए, पवित्र धर्मशास्त्रको कति भाग हामीले पढ्नुपर्छ? सबै!

सम्पूर्ण धर्मशास्त्र पढ्नुहोस्!


लेखिएको छ कि:

त्यसैले, आउनुहोस्, हामी जीवनभरि हरेक दिन सम्पूर्ण धर्मशास्त्र पढ्ने प्रयास गरौँ!

यी कुराहरूको प्रकाशमा, र यिनलाई सत्य मानेर, हामी पाठकलाई सहायक होऊन् भन्ने आशामा यी सुझावहरू दिन्छौँ:

थप जानकारीका लागि, शिक्षाका भिडियोहरू हेर्नुहोस् (अङ्ग्रेजीमा) Why Read Your Bible? र Should We Read the Genealogies?।


← वचन ग्रहणमा फर्कनुहोस्