यस लेखले पाठकलाई यो प्रश्नमा धर्मशास्त्र जाँच्न चुनौती दिन्छ: के हरेक हप्ता एक जना पास्टरले मात्र प्रचार गर्नुपर्छ, कि सबै पुरुषहरूबाट (पवित्र आत्माले उनीहरूलाई बोल्न डोऱ्याउनुहुँदा) प्रचार आउनुपर्छ? कृपया यो पदमाथि विचार गर्नुहोस्:
यहाँ उद्देश्य स्पष्ट थियो: हरेकको व्यक्तिगत योगदानद्वारा मण्डलीको वृद्धि होस् (१ कोरिन्थी १४:५, १ कोरिन्थी १४:१६)। एफिससको मण्डलीलाई लेखेको पत्रमा पावलले यही कुरा फेरि देखाउँछन्:
परमेश्वरले फरक-फरक मानिसलाई फरक-फरक वरदान दिनुभयो, ताकि हरेकले आफूले पाएको वरदान “एक-अर्काको सेवाको लागि प्रयोग गर” (१ पत्रुस ४:१०) र मण्डलीको वृद्धि होस्। परमेश्वरका सबै किसिमका वरदान कुनै एक जना मानिससँग हुँदैनन्। त्यसैले ख्रीष्टको शरीर निर्माण गर्ने सम्पूर्ण काम एक जनाले मात्र गर्न सक्दैन। १ कोरिन्थी १२ मा पावलले शरीरका अङ्गहरू मिलेर काम गर्नुपर्ने आवश्यकतामा फेरि जोड दिन्छन्:
यहाँ एक जना मानिस, डियोत्रिफसको उदाहरण छ, जसलाई पहिलो हुन मन पर्थ्यो, अर्थात् समूहमाथि हैकम चलाउन मन पर्थ्यो। सम्पूर्ण मण्डलीको जिम्मा एक जना व्यक्तिलाई दिनु खतरनाक हुन्छ। यसले नियन्त्रण र सन्तुलनको कुनै ठाउँ छोड्दैन। अमेरिकी संविधान लेख्नेहरूले समेत शासन व्यवस्थालाई “प्रेस्बिटेरी”, अर्थात् मिलेर शासन चलाउने पुरुषहरूको समूहको विचारमा आधारित गरे। मण्डलीका एल्डरहरूलाई पत्रुसको निर्देशन थियो: “परमेश्वरको बगालको हेरचाह गर” (१ पत्रुस ५:२), तर “तिमीहरूको हेरचाहमा रहेका मानिसहरूमाथि मालिकजस्तो व्यवहार नगर, तर बगालको लागि उदाहरण बन” (१ पत्रुस ५:३)।
हामीले सम्झनुपर्छ, कि हरेक हप्ता सँगै आउने र भेला हुने कारण यी हुन्: (१) रोटी भाँच्नु (प्रेरित २:४२), (२) प्रार्थना, (३) प्रेरितहरूको शिक्षा, (४) प्रेम र असल कामहरूको निम्ति एक-अर्कालाई उत्साह र अर्ती दिनु (हिब्रू १०:२४-२५), र (५) भजन, गीत र आत्मिक गानहरूद्वारा एक-अर्कालाई शिक्षा र अर्ती दिनु:
होइन। समय-समयमा कोही कुनै क्षेत्रको मण्डलीमा आएर बोल्ने गर्थे जस्तो देखिन्छ। यसको एउटा उल्लेखनीय उदाहरण त्रोआसको मण्डलीमा पावलले गरेको प्रचार हो। उनीहरू हप्ताको पहिलो दिन रोटी भाँच्न भेला भए, र “पावल विश्वासीहरूसँग बोल्न थाले … उनी मध्यरातसम्मै बोलिरहे” (प्रेरित २०:७)।
तर यदि हरेक हप्ता एक जनाले मात्र प्रचार गर्छ, र एक-अर्कालाई उत्साह र अर्ती दिने वा अरूको कुरा सुन्ने कुनै अवसर हुँदैन भने, परमेश्वरले निर्देशन दिनुभएअनुसार शरीरको वृद्धि भइरहेको हुँदैन। अनि “धोकामा नपर । परमेश्वरको ठट्टा हुँदैन । मानिसले जे रोप्दछ, त्यसले त्यही नै कटनी गर्नेछ ।” (गलाती ६:७)। हामीले जे रोप्छौँ, त्यही कटनी गर्नेछौँ। परमेश्वरको वचनका शिक्षाहरू हामीले होसियारीसाथ पालन गरेनौँ भने मण्डलीले हानि भोग्नेछ। मण्डलीको साँचो वृद्धि उहाँले ठहराउनुभएको तरिकामा ती कुराहरू गर्ने आज्ञाकारिताबाट मात्र आउन सक्छ (यहोशू १:८, भजनसंग्रह ३७:२३, १ कोरिन्थी १४:४०)।
हाम्रो प्रार्थना यो छ, कि लेखिएका कुराहरूमाथि तपाईंले विचार गर्नुहुनेछ, र बेरियाका मानिसहरूजस्तै भएर कुराहरू त्यस्तै हुन् कि होइनन् भनी दैनिक रूपमा धर्मशास्त्र जाँच्नुहुनेछ: