प्रभु येशू ख्रीष्टमा विश्वास गर्नुहोस्
टिप्पणी: यो लेख सुसमाचार शृङ्खलाको एउटा भाग हो, र ख्रीष्ट हाम्रो निम्ति मर्नुभयो भन्ने लेखको निरन्तरता हो।
धर्मशास्त्रअनुसार, मानवजातिमा जन्मने सबै जना आत्मिक रूपमा मरेका, दण्डका भागीदार,
र पापद्वारा परमेश्वरबाट अलग भएका अवस्थामा जन्मन्छन्, र यदि तिनीहरू ख्रीष्टविना मरे भने
तिनीहरूले “दोस्रो मृत्यु”, अर्थात् अग्नि-कुण्ड भोग्नेछन्। साथै, परमेश्वरले हाम्रा सबै धार्मिक
कामहरू फोहोर, अशुद्ध कपडाझैं छन् भनी घोषणा गर्नुभएको हुनाले, मानिस आफूलाई बचाउन केही पनि
गर्न पूर्ण रूपमा असक्षम, एकदमै असहाय र आशाविहीन छ।
तर परमेश्वरले दया गरेर येशू ख्रीष्टलाई मर्न र हाम्रा पापहरूको मोल तिर्न संसारमा
पठाउनुभयो। उहाँ गाडिनुभयो, तेस्रो दिनमा फेरि जीवित पारिनुभयो, र स्वर्गमा उचालिनुभयो।
सबैका निम्ति आफूलाई छुटकाराको मोलको रूपमा दिनुहुने एक मात्र मध्यस्थ भएकोले, येशू ख्रीष्ट
नै मरेका, दण्डका भागीदार पापीहरूका निम्ति उद्धार पाउने एक मात्र बाटो हुनुहुन्छ। उहाँले
मृत्युपछिको जीवन, दोषी नठहरिने, र यही शारीरिक जीवनमा हामी अब उप्रान्त आत्मिक रूपमा
मरेका नभई आफ्नो आत्मामा जीवित हुनेछौँ भन्ने प्रतिज्ञा गर्नुहुन्छ।
यो अनन्त जीवन पाउन र आफ्नो आत्मामा नयाँ जन्म पाउन मानिसले के गर्नुपर्छ?
पश्चात्ताप गर्नुहोस् र विश्वास गर्नुहोस्
“...समय पुरा भएको छ, र परमेश्वरको राज्य नजिकै छ । पश्चात्ताप गर र सुसमाचारमा विश्वास गर ।”
मर्कूस १:१५
त्यस समयदेखि येशूले प्रचार गर्न थाल्नुभयो अनि भन्नुभयो, “पश्चात्ताप गर, किनभने स्वर्गको राज्य नजिक आएको छ ।”
मत्ती ४:१७
पश्चात्ताप गर्नु भनेको पाप र आफ्नै विषयमा मन परिवर्तन गर्नु, पापबाट फर्केर परमेश्वरतिर फर्कनु हो।
“...अहिले परमेश्वरले सबै ठाउँका सारा मानिसहरूलाई आफ्नो पापको पश्चात्ताप गर्ने आज्ञा गर्नुहुन्छ”
प्रेरित १७:३०
यो आह्वान कुनै अपवादविना, सबै ठाउँका सबै जनाका निम्ति हो।
उहाँमा विश्वास गर्नुहोस्
तब तिनीहरूले उहाँलाई भने, “परमेश्वरका कामहरू गर्न हामीले के गर्नुपर्छ ?”
येशूले जवाफ दिनुभयो, र तिनीहरूलाई भन्नुभयो, “परमेश्वरको काम यही होः उहाँले पठाउनुभएकोलाई तिमीहरूले विश्वास गर्नू ।”
यूहन्ना ६:२८-२९
जब यी मानिसहरूले परमेश्वरलाई सन्तुष्ट पार्न आफूले के गर्नुपर्छ भनी येशूलाई सोधे,
उत्तर एकदमै स्पष्ट थियो... उहाँमा विश्वास गर!
कृपया निम्न धर्मशास्त्रहरूमा विचार गर्नुहोस्:
“...ताकि उहाँमा विश्वास गर्ने कोही पनि नमरोस्, तर उसले अनन्त जीवन पाओस्।”
यूहन्ना ३:१६
“उहाँमा विश्वास गर्ने दण्डित हुँदैन, तर उहाँमा विश्वास नगर्ने अगि नै दण्डित भइसकेको छ, किनभने त्यसले परमेश्वरका एक मात्र पुत्रको नाउँमा विश्वास गरेको छैन...”
यूहन्ना ३:१८
“साँचो, साँचो, जसले विश्वास गर्छ, त्यससँग अनन्त जीवन हुन्छ।”
यूहन्ना ६:४७
“हजुर, उद्धार पाउनका निम्ति मैले के गर्नुपर्छ ?”
उनीहरूले भने, “प्रभु येशूमा विश्वास गर्नुहोस् अनि तपाईंले उद्धार पाउनुहुने छ, तपाईं र तपाईंको परिवारले ।”
प्रेरित १६:३०-३१
“अनि यो उहाँको आज्ञा हो, जस्तो उहाँले हामीलाई यो आज्ञा दिनुभयो, हामीले उहाँका पुत्र येशू ख्रीष्टको नाउँमा विश्वास गर्नुपर्छ...”
१ यूहन्ना ३:२३
मेरो वचन सुन र उहाँमा विश्वास गर
“साँचो, साँचो, जसले मेरो वचन सुन्छ र मलाई पठाउनुहुनेलाई विश्वास गर्छ त्यससँग अनन्त जीवन हुन्छ र त्यो दोषी ठहराइनेछैन, तर त्यो मृत्युबाट जीवनमा सरेको छ।”
यूहन्ना ५:२४
यो पदलाई फेरि हेर्दा, कृपया प्रतिज्ञाहरू पाउनका निम्ति दिइएका दुईवटा सर्तहरूमा ध्यान दिनुहोस्:
“जसले मेरो वचन सुन्छ र मलाई पठाउनुहुनेलाई विश्वास गर्छ...”। परमेश्वरले अनन्त जीवन र
दोषी नठहरिने प्रतिज्ञा गर्नुभएको छ, तर यो प्रतिज्ञा केवल सुन्ने र विश्वास गर्नेहरूलाई मात्र गरिएको छ।
उहाँमा विश्वास गर्नुहोस् र उहाँलाई स्वीकार गर्नुहोस्
“तर जतिले उहाँलाई स्वीकार गरे अर्थात् उहाँको नाउँमा विश्वास गरे उहाँले तिनीहरूलाई परमेश्वरका सन्तानहरू हुने अधिकार दिनुभयो ।
यिनीहरू न रगतले, न शारीरिक इच्छाअनुसार, न मानिसको इच्छाअनुसार नै जन्मेका थिए, तर परमेश्वरबाट जन्मेका थिए।”
यूहन्ना १:१२-१३
“परमेश्वरबाट जन्मेका” हुन यी मानिसहरूले के गरे?
यस धर्मशास्त्रअनुसार, तिनीहरूले उहाँको नाउँमा विश्वास गरेर उहाँलाई स्वीकार गरे।
आज जतिले उहाँको नाउँमा विश्वास गरेर उहाँलाई स्वीकार गर्छन्, तिनीहरू पनि परमेश्वरबाट जन्मनेछन्।
विश्वास गर्ने सबै धर्मी ठहरिन्छन्
“...सबैका प्रभु अर्थात् येशू ख्रीष्टद्वारा...
यही येशूलाई तिनीहरूले काठमा झुण्ड्याएर मारे...
परमेश्वरले उहाँलाई तेस्रो दिनमा बिउँताउनुभयो...
सबै अगमवक्ताहरूले उहाँको गवाही दिएका छन् ताकि उहाँमाथि विश्वास गर्ने हरेकले उहाँको नाउँद्वारा पापको क्षमा पाओस् ।”
प्रेरित १०:३६,३९-४०,४३
“...मुक्तिदाता येशू ल्याउनुभएको छ...
...तिनीहरूले पिलातससँग उहाँलाई मार्न माग गरे...
तर परमेश्वरले उहाँलाई मृत्युबाट जीवित पार्नुभयो...
...यिनै मानिसद्वारा तपाईंहरूलाई पाप क्षमाको घोषणा गरिन्छ ।
विश्वास गर्ने हरेक उहाँद्वारा सबै थोकहरूबाट धर्मी ठहरिइन्छ, जसबाट मोशाको व्यवस्थाले तपाईंहरूलाई धर्मी ठहराउन सकेको थिएन।”
प्रेरित १३:२३,२८,३०,३८-३९
प्रेरित १० मा पत्रुस र प्रेरित १३ मा पावल दुवैले प्रभु हुनुहुने येशू ख्रीष्टमा
विश्वास गर्नेहरूलाई “पापको क्षमा” दिइनेछ भनी प्रचार गरे।
आफ्नो हृदयले विश्वास गर्नुहोस्
“...परमेश्वरले उहाँलाई मृतकहरूबाट जीवित पार्नुभयो भनी आफ्नो हृदयमा विश्वास गर्छौ...”
“...मानिसले धार्मिकताको निम्ति आफ्नो हृदयले विश्वास गर्छ...”
रोमी १०:९-१०
यस धर्मशास्त्रअनुसार, आफ्नो हृदयमा विश्वास गर्नेहरू परमेश्वरको दृष्टिमा धर्मी ठहराइनेछन्।
“...सबैका प्रभु अर्थात् येशू ख्रीष्टद्वारा...
यही येशूलाई तिनीहरूले काठमा झुण्ड्याएर मारे...
परमेश्वरले उहाँलाई तेस्रो दिनमा बिउँताउनुभयो...
उहाँमाथि विश्वास गर्ने हरेकले उहाँको नाउँद्वारा पापको क्षमा पाओस् ।”...
...यिनै मानिसद्वारा तपाईंहरूलाई पाप क्षमाको घोषणा गरिन्छ।”
प्रेरित १०:३६,३९-४०,४३; प्रेरित १३:२३,२८,३०,३८-३९
“परमेश्वरमा मिलापमा आओ !” भनेर हामी तिमीहरूसित ख्रीष्टको खातिर अनुरोध गर्छौं।
२ कोरिन्थी ५:२०
पवित्र आत्मा र दुलही भन्नुहुन्छ, “आओ ।”
जसले सुन्छ त्यसले यसो भनोस्, “आओ ।”
जो तिर्खाएको छ, त्यसलाई आउन देऊ,
र जसले यसको इच्छा गर्छ, त्यसले जीवनको पानी सित्तैँमा पिओस् ।
प्रकाश २२:१७
अब के गर्ने?
यदि तपाईंले प्रभु येशू ख्रीष्टमा विश्वास गर्नुभएको छ भने, तपाईं नाश हुने बीउबाट होइन,
तर अविनाशी बीउ, अर्थात् परमेश्वरको वचनद्वारा नयाँ जन्म पाउनुभएको छ, र भर्खरै जन्मेको
बालकझैँ तपाईंले त्यस वचनको शुद्ध दूधको इच्छा गर्नुपर्छ, ताकि त्यसद्वारा तपाईं बढ्न सक्नुहोस्।
त्यसपछि यसलाई कसरी ग्रहण गर्ने भनी जान्न वचनको महत्त्व
र परमेश्वरको वचन ग्रहण गर्ने पाँच तरिका पढ्नुहोस्।
अनि जब तपाईं जगका कुराहरूका निम्ति तयार हुनुहुन्छ, विश्वासका प्रारम्भिक सिद्धान्तहरू अध्ययन गर्नुहोस्।