ख्रीष्ट हाम्रो निम्ति मर्नुभयो
टिप्पणी: यो लेख सुसमाचार शृङ्खलाको एउटा भाग हो, र पापको ज्याला मृत्यु हो भन्ने लेखको निरन्तरता हो।
किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, कि उहाँले आफ्ना एक मात्र पुत्र दिनुभयो, ताकि उहाँमा विश्वास गर्ने कोही पनि नमरोस्, तर उसले अनन्त जीवन पाओस् ।
किनकि परमेश्वरले यस संसारलाई दण्ड दिन होइन, तर उहाँद्वारा संसारलाई बचाउन आफ्ना पुत्र पठाउनुभयो ।
उहाँमा विश्वास गर्ने दण्डित हुँदैन, तर उहाँमा विश्वास नगर्ने अगि नै दण्डित भइसकेको छ, किनभने त्यसले परमेश्वरका एक मात्र पुत्रको नाउँमा विश्वास गरेको छैन ।
यूहन्ना ३:१६-१८
परमेश्वरले मानिसलाई प्रेम गर्नुहुने र पापीहरूलाई आफूसँग मिलापमा ल्याउन चाहनुहुने हुनाले,
उहाँले आफ्ना पुत्रलाई मर्न र पापको छुटकाराको मोल तिर्न संसारमा पठाउनुभयो।
ख्रीष्ट मर्नुभयो, गाडिनुभयो, र फेरि जीवित पारिनुभयो...
“किनकि मैले जे पाएँ ती तिमीहरूलाई अति महत्त्वका साथ सुम्पिदिएः धर्मशास्त्रअनुसार ख्रीष्ट हाम्रा पापका लागि मर्नुभयो, उहाँ गाडिनुभयो अनि धर्मशास्त्रअनुसार नै तेस्रो दिनमा जीवित पारिनुभयो”
१ कोरिन्थी १५:३-४
ख्रीष्ट हाम्रा पापका लागि मर्नुभयो मात्र होइन, उहाँ गाडिनुभयो, र त्यसपछि
तीन दिनपछि उहाँ मृत्युबाट जीवित भई उठ्नुभयो।
“...उहाँ जीवित भई उठ्नुभएको छ...”
मत्ती २८:६
“परमेश्वरले उहाँलाई तेस्रो दिनमा बिउँताउनुभयो...”
प्रेरित १०:४०
“...परमेश्वरले उहाँलाई मृत्युबाट जीवित पार्नुभयो ।”
प्रेरित १३:३०
त्यसपछि, आफ्ना चेलाहरूसँग ४० दिनसम्म पृथ्वीमा हिँडेपछि, उहाँ स्वर्गमा उचालिनुभयो।
“...तिनीहरूले माथि हेरिरहँदा उहाँलाई माथि उठाइयो...”
प्रेरित १:९
“यी नै येशूलाई परमेश्वरले जीवित पार्नुभयो...
उहाँ परमेश्वरको दाहिने हातपट्टि उठाइनुभयो...”
प्रेरित २:३२,३३
ख्रीष्ट... एक मात्र बाटो
येशूले तिनलाई भन्नुभयो, “बाटो, सत्य र जीवन मै नै हुँ; मद्वारा बाहेक कोही पनि पिताकहाँ आउन सक्दैन ।”
यूहन्ना १४:६
“अर्थात् तिनीहरूका पापका लेखा नलिएर परमेश्वरले ख्रीष्टद्वारा संसारलाई आफूसित मिलापमा ल्याउँदै हुनुहुन्छ...”
२ कोरिन्थी ५:१९
अरू कुनै व्यक्तिमा मुक्ति छैन किनभने हामी बचाइनका लागि स्वर्गमुनि मानिसहरूका माझमा अर्को कुनै नाउँ दिइएको छैन ।”
प्रेरित ४:१२
येशू ख्रीष्टले आफ्नो मृत्यु र बगाइएको रगत, आफ्नो गाडिनु, र आफ्नो पुनरुत्थानद्वारा
मरेका, दण्डका भागीदार पापीहरूका निम्ति क्षमा पाउने र परमेश्वरसँग मिलापमा आउने बाटो
तयार गरिदिनुभएको छ।
शताब्दियौँदेखि मानिसले अरू देवताहरूप्रतिको भक्तिद्वारा आफ्नो पापी अवस्थाको
समाधान गर्ने प्रयास गर्दै आएको छ, र यही क्षणमा पनि गरिरहेको छ।
तापनि, “परमेश्वरको दृढ जग स्थिर रहन्छ”...
“...बाटो, सत्य र जीवन मै नै हुँ; मद्वारा बाहेक कोही पनि पिताकहाँ आउन सक्दैन।”
“हामी बचाइनका लागि स्वर्गमुनि मानिसहरूका माझमा अर्को कुनै नाउँ दिइएको छैन।”
मृत्युबाट जीवनमा जाने बाटो
साँचो, साँचो, जसले मेरो वचन सुन्छ र मलाई पठाउनुहुनेलाई विश्वास गर्छ त्यससँग अनन्त जीवन हुन्छ र त्यो दोषी ठहराइनेछैन, तर त्यो मृत्युबाट जीवनमा सरेको छ ।
यूहन्ना ५:२४
धर्मशास्त्रको यस खण्डमा येशूले सुन्ने र विश्वास गर्ने सबैलाई यी कुराहरू पाउनेछन् भनी प्रतिज्ञा गर्नुभयो।
१. अनन्त जीवन
यो कहिल्यै अन्त्य नहुने, अनन्तसम्मै निरन्तर रहिरहने जीवन हो। यस प्रतिज्ञाअनुसार, हामी शारीरिक रूपमा मरेपछि पनि हामी जीवित रहिरहन्छौँ। कस्तो जीवन? अनन्त जीवन!
२. दोषी ठहराइनेछैन
रोमी ५:१८ मा परमेश्वर भन्नुहुन्छ:
“यसरी एउटा अपराधद्वारा (आदमको) सबै मानिस दण्डको भागीदार हुन आए र एउटा धार्मिकताको कामद्वारा (येशू ख्रीष्टको) सबै मानिसको निम्ति धर्मीकरण आयो”
त्यसैले, हामी जुन दण्डमुनि जन्मेका थियौँ, यदि हामीले प्रभु येशू ख्रीष्टमा विश्वास गर्यौँ भने त्यो हटाइन सक्छ।
३. “...त्यो मृत्युबाट जीवनमा सरेको छ।”
सम्झनुहोस्, मानिस आत्मिक रूपमा मरेको अवस्थामा जन्मन्छ, तर यस प्रतिज्ञाअनुसार
ख्रीष्टमा विश्वासद्वारा ऊ आत्मामा जीवित बनाइन सक्छ।
जब हामी आफ्ना अपराधहरूमा मरेका थियौँ, उहाँले हामी सबैलाई सँगै ख्रीष्टमा नयाँ जीवनमा ल्याउनुभयो । उहाँको अनुग्रहद्वारा तिमीहरू बचाइएका छौ ।
एफिसि २:५
र जब तिमीहरू आफ्ना पाप र शरीरको बेखतनामा मरेका थियौ, उहाँले तिमीहरूलाई उहाँसँग जीवित पार्नुभयो र हाम्रा सबै पापहरूलाई क्षमा गर्नुभयो ।
कलस्सी २:१३
निष्कर्षमा
- येशू ख्रीष्ट हाम्रा पापको मोल तिर्न मर्नुभयो।
- उहाँ गाडिनुभयो, तेस्रो दिनमा फेरि जीवित पारिनुभयो, र स्वर्गमा उचालिनुभयो।
- मरेका, दण्डका भागीदार पापीहरूका निम्ति उद्धार पाउने एक मात्र बाटो उहाँ नै हुनुहुन्छ।
- उहाँले मृत्युपछिको जीवन, हाम्रा पापहरूका निम्ति दण्ड वा न्याय नहुने, र हामी अब उप्रान्त आत्मिक रूपमा मरेका नभई आत्मामा जीवित हुनेछौँ भन्ने प्रतिज्ञा गर्नुहुन्छ।
यसबारे थप जान्न, भिडियो शिक्षा (अङ्ग्रेजीमा) हेर्नुहोस्: Does God Keep Records?