तलको पत्र एक भाइले सोधेको प्रश्नको जवाफमा लेखिएको थियो: “के तपाईं साँच्चै सोच्नुहुन्छ कि परमेश्वरसँग हरेक दिन सङ्गति गर्नुपर्छ?” हप्तामा एक पटक मण्डली जानु र कहिलेकाहीँ मात्र धर्मशास्त्र पढ्नुको सट्टा।
अस्ति तपाईंले सोध्नुभएको प्रश्नले मलाई साँच्चै असल गर्यो। धेरै वर्षदेखि म हरेक दिन प्रभुसँग घनिष्ठ सङ्गति गर्ने कोसिस गर्दै आएको छु, उहाँको आज्ञा पालन गर्न र यसरी उहाँप्रति मेरो प्रेम देखाउन उहाँको आवाज सुन्ने इच्छा गर्दै। हरेक दिन यसो गर्न मलाई भित्रैबाट प्रेरणा भएको छ। तर अस्ति तपाईंले त्यो प्रश्न सोध्नुहुँदा, मैले मनमनै आफैँलाई सोध्नुपर्यो: “म किन यसो सोच्छु?” त्यसबेलादेखि म किन यसरी सोच्छु भनेर जाँचिरहेको छु। के म सानो छँदा कसैले कतै यो सिकाएको सुनेकोले हो? के मैले यो कतै पढेँ? के मैले यी विचार आफ्नै मनमा बनाएँ? कि — यो परमेश्वर आफैँबाट आयो, जसले पहिले म उहाँको वचनमा मनन गर्दा मसँग, उहाँको सन्तानसँग, बोल्नुभयो, र मप्रति आफ्नो प्रतिज्ञा पूरा गर्नुभयो: “…उहाँले जे मेरो हो त्यहीबाट लिनुहुन्छ, र उहाँले ती तिमीहरूलाई बताउनुहुनेछ” यूहन्ना १६:१४, मलाई “…बुद्धिको आत्मा र उहाँको ज्ञानको प्रकाश…” एफिसि १:१७ दिएर? अहिले म यही अन्तिम कुरा नै सत्य हो भनी विश्वास गर्छु!
“के परमेश्वरसँगको सङ्गति दैनिक हुनुपर्छ भनी तपाईं सोच्नुहुन्छ?” भन्ने प्रश्नको जवाफ दिन, म तपाईंलाई धर्मशास्त्रका तलका खण्डहरू र तिनमाथि केही विचार दिन चाहन्छु। तपाईंको प्रश्नबारे सोचिरहँदा यिनै विचारहरू मेरो मनमा बारम्बार आइरहे।
यस खण्डअनुसार, साँचो बुद्धिको कुरा सुन्ने र जीवन पाउने तरिका हरेक दिन हेर्नु र प्रतीक्षा गर्नु हो। साँचो बुद्धि केवल मानवीय बुद्धिले, सही व्याख्याको विधि प्रयोग गरेर पाइँदैन, तर प्रकाशद्वारा पाइन्छ! परमेश्वरले ख्रीष्टका कुराहरू लिने प्रतिज्ञा गर्नुभएको छ, “…उहाँले जे मेरो हो त्यहीबाट लिनुहुन्छ, र उहाँले ती तिमीहरूलाई बताउनुहुनेछ” यूहन्ना १६:१४, र यसैलाई “…बुद्धिको आत्मा र उहाँको ज्ञानको प्रकाश… तिमीहरूका हृदयका आँखाहरू प्रज्वलित होऊन्…” एफिसि १:१७-१८ भनिन्छ।
मानिसहरू र राजाहरूले चाहन सक्ने सबै कुरामध्ये, दाऊदले एउटा कुरा चाहेको बताए! उनी आफ्नो जीवनको हरेक दिन परमप्रभुको उपस्थितिमा रहन चाहन्थे। उनी परमप्रभुको सुन्दरता हेर्न र उहाँको मन्दिरमा मनन गर्न चाहन्थे।
“…दिनरात…” भन्ने शब्दले मलाई कहिलेकाहीँ, समय हुँदा वा सजिलो हुँदा मात्र गरिने कुरा होइन, तर “सधैँ” गरिने कुरा, हरेक दिन, हरेक रात, मेरो जीवनका सारा दिन गरिने कुरा जनाउँछ जस्तो लाग्छ।
पानीको तिर्खा, जुन परमेश्वरले प्राणको यस तिर्खाको चित्रको रूपमा हामीभित्र राख्नुभएको छ, दैनिक हुन्छ! हरेक दिन बिउँझँदा मलाई तिर्खा लाग्छ। के यो हामीमा हरेक दिन हुनुपर्ने प्राणको तिर्खाको चित्र होइन र?
त्यस प्रश्नबारे सोचिरहँदा प्रभुले मेरो मनमा ल्याइदिनुभएका केही पद यिनै हुन्। यसबारे सोच्दा, मलाई व्यक्तिगत रूपमा हरेक दिन, बिहान सबेरै, र रातमा पनि मेरा परमेश्वरको खोजी गर्ने प्रेरणा हुन्छ।
म किन यसरी सोच्छु भनेर फेरि जाँच्दा, भाइ, म विश्वस्त छु कि मेरा प्रभु साँच्चै चाहनुहुन्छ कि म उहाँको उपस्थिति खोजूँ — उहाँको सुन्दरता हेर्न र उहाँसँग बुद्धि र मार्गदर्शन माग्न... हरेक दिन।
मलाई उध्याइदिनुभएकोमा धन्यवाद (हितोपदेश २७:१७)।एक सहकर्मी