टिप्पणी: यो लेख सुसमाचार शृङ्खलाको एउटा भाग हो, र सबैले पाप गरेका छन् भन्ने लेखको निरन्तरता हो।
मानिस स्वभावैले पापी भएको हुनाले, र पापले परमेश्वर र मानिसलाई अलग गर्ने हुनाले, हामी परमेश्वरबाटको अलगावलाई यसरी चित्रण गर्न सक्छौँ:
हाम्रो मरेको र दण्डको भागीदार अवस्था आदमको अनाज्ञाकारिताको परिणाम भएकोले, यो सत्य विश्वव्यापी छ। कसैको जाति, धर्म, वा सामाजिक-आर्थिक अवस्था जे-जस्तो भए पनि, यो कुरा सत्य नै छ, कि
सारा मानवजातिको अवस्थालाई यसरी सारांशमा भन्न सकिन्छ:
हरेक मानिस आदमको सन्तान भएर, र यसरी एक मरेको, दण्डको भागीदार पापी भएर जन्मने हुनाले, सबै जना, हरेक व्यक्ति, परमेश्वरको अपेक्षासम्म पुग्न चुक्छन्।
यस पदले हामीलाई बताउँछ, कि पापको ज्याला, अर्थात् पापको परिणाम, मृत्यु हो। अब हामीले “मृत्यु” को अर्थ के हो भनी ठ्याक्कै पहिचान गर्नुपर्छ। मृत्यु शब्दले हाम्रो मरेको आत्मिक अवस्थालाई जनाउन सक्छ, जस्तो कि
तर यहाँ रोमी ६:२३ मा, मृत्यु शब्दले अनन्त मृत्युलाई जनाउँछ, जस्तो कि
मर्दा पनि आत्मिक रूपमा मरेकै अवस्थामा रहने हरेक व्यक्ति, जीवनको पुस्तकमा नाउँ नलेखिएको हरेक व्यक्ति, अग्नि-कुण्डमा फालिनेछ।
त्यसैले जब धर्मशास्त्र भन्छ
परमेश्वरको खाँचो महसुस गरेर धेरैजसो मानिसहरू आफूलाई परमेश्वरसँग ठिक बनाउन “केही गर्ने” प्रयास गर्छन्। आफू र परमेश्वरबिच भएको महसुस गरेको अलगाव हटाउन तिनीहरू एउटा पुल बनाउने प्रयास गर्छन्। कोही अरूलाई सहयोग गर्ने, गरिबलाई दिने, वा मानिसहरूका निम्ति दयालु कामहरू गर्ने जस्ता असल कामहरूद्वारा प्रयास गर्छन्। कोही धार्मिक सभाहरूमा उपस्थित हुने, प्रार्थना गर्ने, वा उपवास बस्ने जस्ता धार्मिक अभ्यासहरूद्वारा प्रयास गर्छन्। कोही बप्तिस्मा लिने वा प्रभुभोजमा सहभागी हुने जस्ता धार्मिक विधिहरूद्वारा आफू अब उप्रान्त परमेश्वरको दण्डमुनि रहेका मरेका पापी रहनेछैनौँ भन्ने आशा गर्छन्। जब हामी यी कुराहरू, अर्थात् हाम्रा आफ्नै कामहरूको आधारमा परमेश्वरकहाँ जान्छौँ, परमेश्वरले तिनलाई “महिनावारीको कपडा”, अर्थात् फोहोर, अशुद्ध कपडा भन्नुहुन्छ, जस्तो कि यो पदमा:
“हामी सबै अशुद्धझैं भएका छौं र हाम्रा सबै धार्मिक कामहरू महिनावारीको कपडाझैं भएका छन् । हामी सबै पातहरू झैं ओइलाएका छौं । हावाले झैं हाम्रा अपराधहरूले हामीलाई उडाएर दलान्छन्”
यशैया ६४:६
के मानिसले कुनै काम, वा कामहरूद्वारा, आफूलाई आफ्नो पापी अवस्थाबाट बचाउन सक्छ? के उसले आफूलाई आत्मिक रूपमा जीवित बनाउन, र पवित्र परमेश्वरको दृष्टिमा रहेको दण्डलाई हटाउन सक्छ? धर्मशास्त्रले के भन्छ?
“किनकि तिमीहरू अनुग्रहबाट विश्वासद्वारा बचाइएका छौ, र यो तिमीहरूबाट आएको होइन तर यो परमेश्वरको उपहार हो । कामहरूबाट यो होइन, यसैकारण कसैले घमण्ड गर्न सक्दैन”
एफिसि २:८-९
“यो तिमीहरूबाट आएको होइन”
“हामीले धार्मिकतामा गरेका कामहरूद्वारा होइन, तर उहाँको कृपाअनुसार नयाँ जन्मको स्नान र पवित्र आत्माको नविकरणद्वारा उहाँले हामीलाई बचाउनुभयो । परमेश्वरले हाम्रा उद्धारक येशू ख्रीष्टद्वारा हामीमाथि पवित्र आत्मा प्रशस्त मात्रामा खन्याउनुभयो”
तीतस ३:५-६
“हामीले धार्मिकतामा गरेका कामहरूद्वारा होइन”
“अब जसले काम गर्छ, त्यसको ज्यालालाई अनुग्रहको रूपमा गनिँदैन, तर पाउनुपर्ने कुराको रूपमा गनिन्छ । तर त्यसको निम्ति जसले काम गर्दैन, तर त्यसको सट्टा अधर्मीलाई धर्मी ठहराउनुहुनेमा विश्वास गर्छ, त्यसको विश्वासलाई धार्मिकताको रूपमा गनिन्छ”
रोमी ४:४-५
“जसले काम गर्दैन, तर त्यसको सट्टा अधर्मीलाई धर्मी ठहराउनुहुनेमा विश्वास गर्छ”
“तर यो अनुग्रहद्वारा हो भने यो कामद्वारा होइन । नत्रता अनुग्रह अनुग्रह नै हुने थिएन।”
रोमी ११:६
“यो कामद्वारा होइन”
यसबारे थप जान्न, भिडियो शिक्षा (अङ्ग्रेजीमा) हेर्नुहोस्: Righteousness: Counted, Credited, Imputed।